आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १०, मंगलवार
  • chhanbin.com

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

आज मंगलबारका लागि सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकेको छ। त्यसैगरी तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ।