एमसीसी टेबुल गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाको बैठक शुरू

  • प्रकाशित मिति : २०७८ फाल्गुन ८, आईतवार
  • chhanbin.com

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाको बैठक शुरू भएको छ ।

आजको कार्यसूचीको तेस्रो नम्बरमा एमसीसी राखिएको छ । यस्तै ‘लोक सेवा आयोग विधेयक, २०७५’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक र ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/२०७८’ पनि पेश हुने भएको छ ।