प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद्मा एमसीसी प्रस्तुत गर्ने काँग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आरामरत रहेको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएकै कारण उनी आज अर्थ मन्त्रालय समेत गएका छैनन् । त्यही भएर आज सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन् । तर शर्मा एमसीसी छल्न घरमै बसेको श्रोतको भनाई छ।