३५० जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ फाल्गुन ७, शनिबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।