केपी ओलीले भने अब हामी यसरी जनअदालत चलाउछौ

  • प्रकाशित मिति : २०७८ फाल्गुन ७, शनिबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन्। यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन्।

उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीता हुने बताए।

शनिबार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए।