४३७ जना कोभिड संक्रमित थपिए, दुई जनाले ज्यान गुमाए

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर ४३७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ९ हजार ९१ वटा नमुनामा परीक्षण गर्दा ४३७ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज दुई हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ पुगेको छ । आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।