प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

आजको प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।

सरकारले आज एमसीसी पेश गर्ने तयारी गरेको थियो । तर सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि त्यो तयारी स्थगित गरिएको छ । एमसीसीमा साझा धारणा बनाउन यही फागुन ८ गते गठबन्धनको फेरि बैठक बस्ने छ ।