सत्ता गठबन्धनका नेताहरूले पुर्याउन सकेनन् भ्यागुत्ताको धार्नी, आईतवार सम्मलाई तैं चुप मैं चुप

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

सत्ता गठबन्धनका शिर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

आइतबार फेरि बैठक बस्‍ने गरी टुंगिएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । अध्यक्ष नेपालले बालुवाटारको बैठकमा शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक रहेको र त्यसपछि एमसीसी सम्बन्धमा पार्टीको धारणा तय गर्ने भन्दै बैठक सार्न आग्रह गरेका थिए ।

नेपालको आग्रहपछि नेताहरू आइतबार पुनःछलफलमा बस्‍ने गरी बैठक टुंगिएको थियो । बैठक बस्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा एमसीसीको विपक्षमा रहेका गठबन्धनका नेताहरुले छलफल गरेका थिए ।

यस्तै,बैठक सुरु हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित कांग्रेस नेता प्रकाशनमान सिंहको निवासमा पुगेका थिए । एमसीसीको विषयलाई लिएर शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नेताहरूबीच छलफल भएको थियो ।