हिजो ह्वात्तै बढेको सुनको भाउमा आज आयो भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९६ हजार ५०० रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य ९५ हजार ६०० रुपैयाँ तोकिएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ। हिजो प्रतितोला १२९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३०५ रुपैयाँ तोकिएको हो।