माधव नेपाल सहितका नेता प्रचण्ड भेट्न पुगे खुमलटार

  • प्रकाशित मिति : २०७८ फाल्गुन ६, शुक्रबार
  • chhanbin.com

सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफलमा जुटेका छन्। एमसीसीको विपक्षमा रहेका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसीको विपक्षमा रहेका सत्ता गठबन्धनका नेताहरू छलफलका लागि जुटेका हुन्। नेपाली कांग्रेस एमसीसी टेबल गर्नु पर्ने पक्षमा छ भने माओवादी, एकीकृत समाजवादी र जसपा एमसीसीको विपक्षमा छन्।

बिहीबार बेलुकी एमसीसीको पक्षमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि शुक्रबार बिहान १० बजे पुन: गठबन्धनका नेताहरू छलफलमा जुट्ने छन्। तर, गठबन्धनमा कुरा नमिल्ने संकेत देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका छन्।

प्रधानमन्त्री देउवाले एमसीसीमा गठबन्धनमा एकमत नभएपछि गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि नेताहरू छलफलमा जुटेको बताइएको छ।