धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघिका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालेको थियो। सरकारले सुरुमा पाँच जना छनोट गरेको थियो।

तीमध्ये पनि तीन जनाको नाम सिफारिस गरेको थियो। गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल अन्तिम तीन जनामा परेका थिए । यीमध्ये हमाललाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।