सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, के-के छलफल हुँदैछ खुरू-खुरू ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताबीचको बैठक सुरु भएको हो।

बुधबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको थियो। आजको बैठकमा एमसीसीको विषयमा छलफल हुने जनाइएको छ।

जसरी पनि एमसीसी टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन्। एमसीसी पास नगरी नछाड्ने कांग्रेस अडान र पास गर्न जबरजस्ती गरे सरकार छाडेन माओवादी अडानकाबीच आजको गठबन्धन बैठकलाई महत्वका साथ हेरिएको छ।

एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। सरकारमा सहभागी रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन्।