सहसचिव मुकुन्द निरौला सचिवमा बढुवा

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

सरकारले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।