थुतुनैको कारण कुरो असरल्ल भएको भन्दै माधव नेपालले दिए यस्तो बयान

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे आजै (बिहीबार) निर्णय गर्ने बताएका छन्।

बिहीबारै दिउँसो नेपालसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा नेता तथा मन्त्री राजेन्द्र श्रेष्ठबीच भेटवार्ता भएको थियो। बैठकपछि अध्यक्ष नेपालले एमसीसी अनुमोदन गर्ने/नगर्ने आजै साँझ निर्णयमा पुग्ने प्रतिक्रिया दिएका हुन्। आजै साँझ सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

अध्यक्ष नेपालले बोलेरै सबै कुरा बिग्रिएको भन्दै खासै बोल्न भने चाहेनन्। उनले बैठक गोप्य भएकाको भन्दै खासै प्रतिक्रिया दिन चाहेनन्।तर बैठकपछि पत्रकाहरूसँग छोटो समय बोलेका अध्यक्ष प्रचण्डले भने आफूहरू सत्ता गठबन्धन जोगाउनतिरै लागेको बताएका छन्। एमसीसीमा कुनै विकल्प खोजेर गठबन्धन जोगाउने प्रयास गरिने उनले बताए।