थपिने भए १३ वटा स्थानीय तह

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको छ ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए । स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन् ।