हिजोको तुलनामा आज घट्यो नेप्से, यी हुन् आज धेरै मूल्य बढेका कम्पनी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

सेयर बजार झिनो अंकको गिरावट आएको छ । बुधबार ५३ अंकले बढेको नेप्सेमा आज न्यून अंकको गिरावट आएको हो । सूचक झिनो गिरावट आउँदा कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले घटेर सवा २ अर्बम सीमित भएको छ । यो पछिल्लो ८ महिना यताकै कम हो ।

बिहीबार नेप्से १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको ४० लाख १७ हजार ४२९ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचक हरियो भएको छ भने ८ समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ०.४३ प्रतिशतले बढेको छ भने फाइनान्स समूह ०.४६ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २२७ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी १२ करोड र नेपाल टेलिकम १० करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।

झिनो अंकले घटेको तेह्रथुम पावरको सेयर मूल्य सबैभन्दा धेरै ६.४७ प्रतिशतले बढेको छ । त्यस्तै, युनाइटेड इदी मार्दी ६.३२, सामलिङ पावर ४.१३, जीवन विकास लघुवित्त ३.५३, मैलुङ खोला ३.४७, कर्णाली डेभलपमेन्ट बैंक, मध्यभोटेकोशी, सीईडीबी हाइड्रोपार, सिटिजन्स म्युचुअल फण्ड १ र मेगा म्युचुअल फण्डको सेयर मूल्य २ प्रतिशतले बढेको छ । घट्दो बजारमा आज बुद्धभूमि नेपालका सेयरधनीले सबैभ्न्दा धेरै ४.०२ प्रतिशत गुमाएका छन् ।