पाँच दलीय गठबन्धनमा बाबुराम हाबी भएपछि उपेन्द्र भड्किए, हान्निएर पुगे मधेश

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

पाँच दलीय गठबन्धनमा विवाद बढ्दै जाँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहभागिता कम गर्दै लगेका छन्। अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर गठबन्धनमा तीव्र मतभेद चलिरहेका बेला अध्यक्ष यादव भने मधेश प्रदेशको दौडाहामा छन्।

एमसीसी पास गर्नै पर्ने पक्षमा रहेका अर्का नेता डा. बाबुराम भट्टराई अहिले पाँच दलीय गठबन्धनमा बढी सक्रिय देखिएका छन्। पार्टीमा यादवविरुद्ध मोर्चाबन्दी गरिरहेका भट्टराई गठबन्धनको छलफलमा नियमित सहभागी भइरहेका छन्।

तर पार्टीका कार्यकारी अध्यक्ष यादव भने एमसीसीको विवाद छल्नका लागि केही दिनदेखि जनकपुर केन्द्रित भएर प्रदेश २ मा सक्रिय छन्।
बुधबार जनकपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी यादव बिहीबार सिरहा पुगेका छन्। उनी सिरहामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर बेलुका जनकपुर फर्किनेछन्।

त्यहीकारण बिहीबार बेलुका तय गरिएको पाँच दलीय गठबन्धनको बैठकमा पनि उनी सहभागी हुने छैनन्। जसपाबाट गठबन्धन बैठकमा डा. भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ सहभागी हुँदैछन्।

यादव एमसीसी प्रतिनिधिसभामा टेबल गरेर अनुमोदन गर्ने चर्चाबीच मधेश तिर लागेका हुन्। उनका प्रेस सल्लाहकार महेश चौरसियाले पहिले नै निर्धारित कार्यक्रम रहेका यादव मधेश प्रदेश यात्रा गएको बताएका छन्।