प्रचण्ड र माधव नेपालको सिंहदरबारमा चल्यो कानेखुसी, सत्ता छोडेर मार्छन् त आजै बुर्कुसी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

यसअघि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए। देउवा र प्रचण्डको भेटपछि गठबन्धनको बैठकको समय २ घन्टा पछि सारिएको थियो। सत्तागठबन्धनको बैठक ५ बजे बस्दै छ। सत्ता सहकार्य र एमसिसीको भविष्यबारे गठबन्धनको बैठकलाई ‘निर्णायक’ भनिएको वेला प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार दुई नेताबीच गठबन्धन बैठकमा समान धारणाका साथ प्रस्तुत हुने विषयमा छलफल गर्न भेटवार्ता भएको हो। प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ।