गगन थापाले भने- जसरी भए पनि एमसीसी पास गरिन्छ

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसी पास हुने दाबी गरेका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)को लोकार्पण कार्यक्रममा बोल्दै थापाले एमसीसी पारित गर्नुपर्नेमा कांग्रेस अडिग रहेको धारणा राखेका हुन्।

उनले एमसीसी पारित गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। महामन्त्री गगन थापाले कांग्रेस आफ्नो दायित्वबाट च्यूत हुन नहुनेसमेत बताएका छन्।

क्षणिक लाभका लागि बोलि फेर्न नहुने उनको भनाइ थियो । ‘कांग्रेस आफ्नो दायित्वबाट च्यूत हुन हुँदैन, क्षणिक लाभ हेर्न हुँदैन। कांग्रेसले बालुवाटारमा एक र बालकोट अर्को बोल्ने काम गर्दैन,’ उनले भने।

नले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी कांग्रेस नभएको बताएका छन्।