बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ५, बिहीबार
  • chhanbin.com

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपियाँमा कारोबार भएको थियो।

यसैगरी बिहीबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपियाँ निर्धारण भएको छ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपियाँले घटेको छ। बुधबार एक हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपियाँ निर्धारण भएको छ।