नयाँ शैक्षिक सत्र वैशाखदेखि नै सुरु हुने, पठनपाठन जेठ १ गतेदेखि मात्र हुने मन्त्रालयले गर्यो निर्णय

  • प्रकाशित मिति : २०७८ फाल्गुन ४, बुधबार
  • chhanbin.com

नयाँ शैक्षिक सत्र आगामी वर्षको वैशाखदेखि नै सुरु हुने भए पनि सरकारले नयाँ शैक्षिक सत्रको विद्यालय पठनपाठन भने जेठ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज बुधबार बसेको बैठकले सो निर्णय गरेको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
कतिपय जिल्लामा कोरोनाभाइरस महामारीको जोखिम कायमै रहेको मन्त्रालयको निष्कर्ष छ । यसर्थ, वैशाख ३० गते स्थानीय चुनाव घोषणा गरिसकेको अवस्थालाई मध्यनजर गर्दै जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहरले करिब दुई महिना बन्द भएका रहेका शैक्षिक संस्था फागुन १ गतेदेखि भौतिक रूपमै पठनपाठन सुरु भएको छ ।