कन्डम लगाएर शिक्षिका बलात्कार गर्ने सांसद समात्न प्रहरी परिचालन

  • प्रकाशित मिति : २०७८ फाल्गुन ४, बुधबार
  • chhanbin.com

नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक शिक्षिकाले बानियाँविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

बाँकेस्थित अप्सरा होटलमा शिक्षिकामाथि जबरजस्ती करणी गरेको आरोप सांसद बानियाँमाथि लागेको छ। महिलाको जाहेरीका आधारमा बिहीबार बानियाँविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणी मुद्दा दर्ता भएको प्रहरीले बताएको छ।