सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जब्बरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन्।
नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौंता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो सम्झौंतामा गम्भिर खालका राष्ट्रिय हित विपरितका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्क समेत गरे।
खनालले यथास्थितिमा एमसीसी संसदमा टेवल गर्न नदिन संसद, सडक र सरकार सबै ठाउँबाट आफ्नो पार्टीले विरोध गर्ने पनि स्पष्ट पारे। नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताए।