एमसिसी विरुद्ध भोलि बुधबार यी छ पार्टीले गरे नेपाल बन्दको घोषणा

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

६ वटा कम्युनिस्ट घटकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध बुधबार नेपाल बन्द घोषणा गरेको छ ।

सम्भवत भोलि (बुधबार) एमसिसी संसद्मा टेबल हुने भएकाले त्यसैलाई लक्षित गर्दै विभिन्न साना दल तथा मोर्चालले नेपाल बन्दको आयोजना गरेका हुन् । नेपाल आह्वान गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) छन् ।

यी दल र संगठनमा मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल आहुति, ऋषि कट्टेल, गोपाल किरातीजस्ता नेताले नेतृत्व गरेका छन् । नेत्रविक्रम चन्द विप्लवबाट छुट्इिर गएको संगठन पनि यसम समावेश छ ।