यसो गरेको पाईएमा सरकारी शिक्षकलाई सरकारले डण्डा बर्साउने, यस्तो छ सुचना

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न शिक्षा तथा मानव श्रोत विकाश केन्द्रले उर्दी जारी गर्दै कडा निर्देशन दिएको छ। केन्द्रले आज मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।

‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ भन्ने व्यहोराको सुचना जारी गर्दै केन्द्रले यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी कारबाही गरिने बताएको छ। साथै केन्द्रले निगरानी बढाएको समेत छ।