यस्तो छ भोलि बस्ने संसद बैठकको सम्भावित कार्यसुची, सहमति भएको भनिए पनि अटेन एमसीसी

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

भोलि बुधबार बस्ने तय भएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयले मंगलबार बेलुका सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबल गर्ने सम्मबन्धी विषय भने समावेश भएको छैन।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठकमा बैठकमा तीन शोकप्रस्ताव र थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

माघ १६ गतेदेखि दलहरुका बीचमा एमसीसीकै विषयमा विवाद हुँदा प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ।
आजैमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकमा भोलिको संसद् बैठकमा एमसीसी सम्झौता टेबल हुने बताएका थिए। त्यस्तै, आफ्ना सांसदहरुलाई एमसीसी पारित गर्नका लागि लाग्न निर्देशन समेत दिएका थिए। एमसीसी टेबल गर्ने विषयमा सत्तारुढ दलहरुका बीचमा सहमति भएको भनिएको छ।