सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। बैठक भोलि, बुधबार बिहान गते ११ : ३० बजे नयाँ बानेश्वरस्थित संसद् भवको शंकर हलमा बस्नेगरी बोलाइएको छ। भोलि दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक समेत आह्लान भएको छ।

मंगलबार बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटलाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका थिए।