बढाए बैंकले ब्याजदर, अब कुन बैंकको कति ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

बैंकहरुले जारी गरेको सूचनाअनुसार नबिल बैंकले फागुन महिनाका लागि निर्धारण गरेको ब्याजदर न्यूनतम २ देखि अधिकतम ७ प्रतिशतसम्म छ।

बैंकको आधारदर ७ दशमलव ३९ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको ब्याज १४ दशमलव ३९ प्रतिशतसम्म कायम हुने देखिएको छ।

एनआईसी एसिया बैंकले आधारदरमा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत थपेर ब्याज लिनेछन्। बैंकको आधारदर ९ दशमलव ४४ प्रतिशत छ। यसअनुसार यस बैंकको कर्जाको अधिकतम ब्याजदर १४ दशमलव ४४ प्रतिशत कायम हुने भएको छ।

ग्लोबल बैंकबाट कर्जा लिँदा आधारदरमा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपिनेछ । पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव २७ प्रतिशत रहेको छ। बैंकले जारी गरेको सूचनाले देखाएको छ। जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव २७ प्रतिशत हुने भएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदरमा न्यूनतम १ दशमलव ५० देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर लाग्नेछ। पुस मसान्तसम्म बैंकको आधारदर ६ दशमलव ६० प्रतिशत रहेको देखिन्छ। जसअनुसार यस बैंकको अधिकताम बयाजदर १० दशमलव ६० प्रतिशत कायम हुने भएको छ।

एनएमबि बैंकले ब्याजदरमा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप हुने उल्लेख छ। पुस मसान्तसम्म बैंकको आधारदर ८ दशमलव ५८ प्रतिशत छ।

जसअनुसार यस बैंकको अधिकतम ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको हो।

प्राइम बैंकले ७ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम कर्जादर १५ दशमलव ७७ प्रतिशतसम्म पुग्ने भएको हो।

यस बैंकको सबैभन्दा धेरै ब्याज लिन सक्ने देखिएको छ। बैंकको पुस मसान्तसम्मको आधारदर ८ दशमलव ७७ प्रतिशत रहेको देखिएको हो।

प्रभु बैंकले आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम जोड्ने उल्लेख गरेको छ। अहिले बैंकको आधारदर ८ दशमलव ६८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १५ दशमलव ६८ प्रतिशत सम्म पुग्ने देखिएको छ।

लक्ष्मी बैंकको सूचनाअनुसार आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएको छ। बैंकको आधारदर ८ दशमलव ७४ प्रतिशत रहेको देखिन्छ। यसअनुसार यस बैंकको १३ दशमलव ७४ प्रतिशतसम्म पुग्ने देखिएको हो।

नेपाल इन्भेष्टमेन्ट बैंकले न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म रहेको प्रिमियम जोडेर कर्जामा ब्याजदर लिनसक्ने सूचना जारी गरेको छ। यसअनुसार यस बैंकको १३ दशमलव ४७ प्रतिशतसम्म पुग्ने भएको छ। किनभने यस बैंकको ७ दशमलव ४७ प्रतिशत छ।

सनराइज बैंकले न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याज लिन सकिने उल्लेख गरेको छ। यसअनुसार बैंकको ब्याजदर १४ दशमलव ९४ प्रतिशत कायम हुनसक्ने देखिएको छ। बैंकको आधारदर ८ दशमलव ९४ प्रतिशत छ।

सिद्धार्थ बैंकले कर्जामा न्यूनतम २ देखि अधिकतम ६ प्रतिशतसम्म ब्याज लिने भएको छ। आधारदर ८ दशमलव ५८ प्रतिशत रहेको छ। यसअनुसार यस बैंकको ब्याजदर १४ दशमलव ५८ प्रतिशत कायम हुने देखिएको छ।

माछापुच्छ्रे बैंकले न्यूनतम २ दशमलव ५० देखि अधिकतम ७ दशमलव ५० प्रतिशत प्रिमियम थपेर कर्जामा ब्याज लिने उल्लेख गरेको छ। यसअनुसार यस बैंकको अधिकतम ब्याजदर १५ दशमलव ७९ प्रतिशतसम्म पुग्ने देखिएको छ। किनभने यस बैंकको आधारदर ८ दशमलव ७९ प्रतिशत कायम रहेको देखिन्छ।