ह्वात्तै कसरी बढ्यो सुनको मूल्य ? तोलाको कति पुग्यो ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन ३, मंगलवार
  • chhanbin.com

मंगलबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक हजार २०० सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

फागुन महिनाको पहिलो दिन आइतबार ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य ९६ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको थियो ।

त्यस्तै मंलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार ३२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।