शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन गर्न जारी गर्यो यस्तो उर्दी

  • प्रकाशित मिति : २०७८ फाल्गुन २, सोमबार
  • chhanbin.com

नेपाल शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन फागुन १४ गते भित्र गरी सक्न निर्देशन दिएको छ ।

महासङ्घले एक सूचना जारी गरी महासङ्घको विधान तथा जारी कार्यविधि अनुसार २०७८ फाल्गुण १४ गते अधिवेसन हुन बाँकी सबै स्थानिय तहको अधिवेसन अनिवार्य सम्पन्न गर्न सूचित गरेको हो ।

अधिवेसन सम्पन्न गर्ने प्रयोजनका लागि हरेक जिल्लामा अधिवेसन प्रतिनिधि /संयोजक पठाइ सकिएको र अधिवेसन सम्पन्न गर्ने कार्यविधि समेत जारी भई सकेको हुनाले सोही अनुसार गर्न निर्देशन दिएको छ ।