सरकारले कसलाई दिंदैछ धितोपत्र बोर्डकोको चाबी, को-को छानिए ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २, सोमबार
  • chhanbin.com

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले अध्यक्ष का लागि उत्कृष्ट ५ बाट अन्तिम ३ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकामा गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल छन् । अब मन्त्रिपरिषद्को बैठकले यिनै तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

यसअघि छनोट भएका ५ जनामध्येबाट निरज गिरी र खगेन्द्र कटुवाल समितिको सिफारिसमा परेनन् । बोर्ड अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । तीमध्येबाट बोर्डले अन्तिम ३ जनाको नाम टुंगो लगाएको हो ।

सत्ता गठबन्धन बीच भएको अनौपचारिक सहमति अनुसार बोर्ड अध्यक्षमा कांग्रेस निकट व्यक्ति छनोट हुनेछन् । यसअघि नेप्सेको सीईओमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त भएकाले बोर्ड कांग्रेसको भागमा परेको जनाइएको छ । स्रोतका अनुसार बोर्ड अध्यक्षमा हमालको सम्भावना बढी रहेको बताइएको छ ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।