काम पाईनस् बुहारी पोख्दै उठाउँदै भन्या जस्तै गरि सर्वोच्च अदालतले किन गर्यो यस्तो काम ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २, सोमबार
  • chhanbin.com

संसदमा महाभियोग प्रस्ताव दर्ता भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वतः निलम्बन हुनासाथ सर्वोच्च अदालत प्रशासनले बेवसाइटबाट उनको तस्वीर हटाएको थियो । हिजो साँझ जबराको तस्वीर हटाएर कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको तस्वीर सबैभन्दा माथि राखिएको थियो ।

तर, हिजो हटाइएको जबराको तस्वीर फेरि राखिएको छ । जबरा प्रधानन्यायाधीशको पदीय कार्यसम्पादन गर्न नपाउने गरी निलम्बनमा परे पनि पदमुक्त भएका होइनन् । पदमुक्त नहुँदै जबराको तस्वीर हटाउन हतारो गरेको भन्दै सर्वोच्चको यो कायैशैलीको विरोध भएपछि पुनः तस्वीर राखिएको हो ।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश स्वतः निलम्बन हुने र वरिष्ठतम् न्यायाधीशले कामुको जिम्मेवारी पाउने संवैधानिक प्रावधान छ । जबरा महाभियोग दर्ताको चिट्ठी पाउनासाथ आइतबार दिउँसो सर्वोच्चबाट बाहिरिएका थिए । यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता हुनासाथ वरिष्ठतम् न्यायाधीश गोपालप्रसाद पराजुलीले फूलमाला पहिरिएर कामुको जिम्मेवारी सम्हालेका थिए ।

पराजुलीले कार्यालय समय सकिएपछि फूलमाला लगाएर कामु सम्हालेका थिए । पराजुलीको उक्त शैलीको विरोध भएको थियो ।

संसदमा महाभियोग प्रस्ताव दर्ता भएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम तस्बिर हटाएपछि

आज फेरी अदालतले यसरी राख्यो