अनुभब नै नभएका शाक्य र भट्टराईलाई अर्थमन्त्रीले किन बनाए डिजी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २, सोमबार
  • chhanbin.com

अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशकमा कमलप्रसाद भट्टराईलाई नियुक्त गरेका छन्। नारायण प्रसाद सापकोटाको सरुवा भएपछि भट्टराईलाई महानिर्देशक बनाइएको हो।

त्यस्तै आन्तरिक राजस्व विभागको जिम्मेवारी भने रितेश शाक्यले पाएका छन्। शोभाकान्त पौडेलको सरुवापछि शाक्य विभागको नेतृत्व गर्न आएका हुन्।

शाक्य यसअघि अर्थ मन्त्रालयका प्रवक्ता थिए भने भट्टराई केही महिनाअघि मात्रै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख भएका थिए। शाक्य र भट्टराई दुवैसँग राजस्वमा रहेर काम गरेको अनुभव छैन।