प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक अहिले बसिरहेको छ । सोमबार बिहान ११ बजेपछि नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा बैठक बसेको हो । आइतबार प्रधानन्यायाधीश विरुद्ध दर्ता गरिएको महाअभियोगबारे बैठकमा छलफल केन्द्रित हुने बताइएको छ ।
महाअभियोगको विषयमा पार्टीको साझा धारणा बनाउन छलफल हुन लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । यसबाहेक एमसीसीबारे पनि बैठकमा प्रश्न उठ्ने नेताहरूले बताएका छन् ।
बैठकका विषयबारे विस्तृतमा नखुलाइए पनि यस बैठकले गम्भीर निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले बताएका छन् । ‘गम्भीर विषयमा निर्णय लिनुपर्ने भएको छ । गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्न खोज्यो,’ बैठक जारी रहँदा भट्टराईले भने । एमाले अध्यक्ष केपी ओली, सुवास नेम्वाङलगायत नेताहरूले महाअभियोगबारे आइतबार नै सरकारको आलोचना गरेका थिए । अध्यक्ष ओलीले सरकारले निर्वाचन नगर्ने बहानाको रुपमा महाअभियोग ल्याएको आरोप लगाएका थिए ।
सभामुखसहित चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी भई रहेको श्रोतको भनाई छ।