जाल्पा लघुवित्तको आइपीओ तपाईलाई कति कित्ता पर्यो ? यहाँ बाट यसरी सजिलै हेर्नुहोस् रिजल्ट

  • प्रकाशित मिति : २०७८ फाल्गुन १, आईतवार
  • chhanbin.com

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज अपराह्न ५ बजे स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा लघुवित्तको आइपीओ बाँडफाँट भएको हो ।

सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार गोलाप्रथाबाट ४८ हजार ७९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा आवेदन दिएका २५ लाख ४२ हजार ९१२ जनाको भने हात रित्तो भएको क्यापिटलले जनाएको छ । जसमा २५ लाख ९५ हजार ९९२ जनाले आवेदन दिएका थिए । सोमध्ये ४ हजार २९० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको थियो । सोमध्ये ८ हजार कम्पनीका कर्मचारी, २६ हजार १०० कित्ता सामूहिक लगानी कोष र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधरणलाई छुट्याइएको थियो ।

हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र जाल्पा सामुदायिक लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ ।