माधव नेपाल सहितका १४ सांसदको मुद्दाको सुनुवाई सकियो, कस्तो आउंदैछ फैसला ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १, आईतवार
  • chhanbin.com

नेकपा एकीकृत समाजवादी पार्टी अवैधानिक भन्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले भर्खरै सुनुवाइ सकाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ दलले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएकै दिन यो मुद्दाको सुनुवाइमा राखिएकोले धेरैले यसलाई श‌ंकास्पद रूपमा हेरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाएर १७ भदौमा सर्वोच्च अदालतमा रिट हालेका थिए ।