जाल्पा लघुवित्तको आईपिओ केही बेरमै बाँडफाँट हुने, कसरी हेर्ने नतिजा ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १, आईतवार
  • chhanbin.com

जाल्पा सामुदायिक लघुवित्तको साधारण शेयरको नतिजा आज सार्वजनिक हुँदैछ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज साँझ ४ बजे आईपीओ बाँडफाँट गर्ने जनाएको हो ।

अन्तिम दिनसम्म २७ लाखको आवेदन परेको उक्त लघुवित्तको आईपीओको नतिजा सर्वसाधारणले साँझ मात्रै पाउनेछन् । ४८ हजार ७ सय ९० आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । नतिजा प्रभु क्यापिटलको वेभसाइट,कम्पनीको वेबसाइट तथा सीडीएससी वेबसाइटबाट हेर्न सकिनेछ ।

लघुवित्तले कुल ५ लाख २२ हजार साधारण कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो ।