शिक्षक सेवा आयोगका अनुसार एक लाख ४४ हजार ३८१ जनाले माध्यमिक तहमा अध्यापन गराउने अनुमति (लाइसेन्स) लिएका छन्। निमाविमा तहका लागि लाइसेन्स लिनेको संख्या तीन लाख ७० हजार १२ छ। प्रावि तहको लाइसेन्स लिनेको संख्या दुई लाख दुई हजार ७१२ छ।
आयोगले चैत्र भित्रै लाइसेन्सको विज्ञापन गर्ने गरि तयारी अगाडी बढाएको छ। चुनाव लगत्तै पुगनपुग बीस हजार शिक्षकको बिज्ञापन गर्ने भित्रि तयारी भएको बुझिएको छ। छुट करार शिक्षकको माग सम्बोधन गर्ने गरि थापा विज्ञापन हुने भएको हो।