बैंकले फागुन देखि ब्याज बढाउने

  • प्रकाशित मिति : २०७८ माघ २८, शुक्रबार
  • chhanbin.com

नेपाल बैंकर्स संघलाई नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन निर्देशन दिएसँगै फागुनदेखि बैंकहरूले निक्षेपको ब्याजदर बढाउने भएका छन् ।

शुक्रबार बसेको बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो । संघको बैठकले व्यक्तिगततर्फ मुद्दतिमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।

बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।

माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।