नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन्।
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भमा बोल्दै आलीले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत ल्याउने बताएका हुन्।
उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ। अब आउँदो निर्वाचनमा बहुमत जित्छौँ। के गर्लान् विचराहरु ?’ उनले थपे, ‘म भन्न चाहान्छु। भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ। आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउछौँ।’