१ हजार ३६९ जना कोरोना संक्रमित थपिए, १२ जना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७८ माघ २७, बिहीबार
  • chhanbin.com

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ।