रातमा दुई पटक कण्डम लगाएर शिक्षिका बलात्कार गर्ने पूर्व मन्त्री माथि प्रहरीले थाल्यो अनुसन्धान

  • प्रकाशित मिति : २०७८ माघ २६, बुधबार
  • chhanbin.com

जबरजस्ती करणीको आरोप लगाउँदै मुगुका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध जुम्लाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेकी छन् ।

जाहेरी परेसँगै सांसद बानियाँमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पूर्वमन्त्री समेत रहेको नेता बानियाँले आफूलाई बलात्कार गरेको महिलाको ती आरोप छ । जाहेरी दिने महिला जुम्लाकी माओवादी कार्यकर्ता तथा शिक्षिका हुन् ।

ती महिलाले बाँनियाँविरुद्ध सोमबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुधन न्यौपानेले पुष्टि गरे । जाहेरीमा महिलाले बानियाँले आफूलाई दुईपटक कण्डम लगाएर जबर्जस्ती यौनसम्बन्ध राखेको उल्लेख गरेकी छन् ।

ती नेताका अनुसार उनीहरूबीच लामो समयदेखि नजिकको सम्बन्ध थियो । नेपालगञ्जमा समेत घर भएका बानियाँको ती महिलासँग लेनदेनको विवाद भएको देखिएको प्रहरीले जनाएको छ ।