नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्डसँग भेटवार्ताका लागि नेपाल बुधबार बिहान खुमलटारस्थित दाहाल निवास पुगेका हुन् । भेटमा एमसीसी परियोजना, स्थानीय तहको निर्वाचन, संसद् अवरोधलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे अमेरिकालाई लेखेको पत्र बाहिरिएपछि सत्ता गठबन्धनमा किचलो बढेका बेला दाहाल–नेपाल भेटवार्ता भएको हो ।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा गरेकाे छ । तर माओवादी र एकीकृत समाजवादीका केही नेताहरू वैशाखमा चुनाव गर्ने हाे भने निर्वाचन ऐन संशाेधन गर्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।