जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा अहिलेसम्मकै धेरै आवेदन, कतिले भरे ?

  • प्रकाशित मिति : २०७८ माघ २५, मंगलवार
  • chhanbin.com

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सयेर (आइपीओ)मा अहिलेसम्मकै धेरै आवेदन परेको छ ।

सीडीएससीका अनुसार कम्पनीको आइपीओमा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक नआइसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।

जाल्पाको आइपीओमा परेको आवेदन हालसम्म खुलेका कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए ।

लघुवित्तले माघ २१ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर विक्रीमा ल्याएको थियो । निष्काशित कुल सेयरमध्ये ८ हजार कम्पनीका कर्मचारी र २६ हजार १०० कित्ता सामूहिक लगानी कोष र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो । हाल १० करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ विक्रीपछि १६ करोड पुग्नेछ।