सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक, एमसीसी संसद्‌मा पेस हुन्छ कि हुँदैन ?

  • प्रकाशित मिति : २०७८ माघ २५, मंगलवार
  • chhanbin.com

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् ।

सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो । आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुखलाई भेटेर एमसीसी टेबुल गर्नेबारे जानकारी दिएका थिए । सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच पनि एमसीसी र स्थानीय तह निर्वाचनबारे छलफल भएको थियो ।

संसद् सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । तर, त्यसमा एमसीसी राखिएको छैन ।
बुधबारको कार्यव्यवस्था समितिको बैठकमा कानुनमन्त्री बडूले एमसीसीलाई टेबुल गर्ने विषय राख्ने तयारी गरेका छन् ।