सेयर बजारमा उछाल आएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो ।
मंगलबार बजार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ६४ अंकले बढेर २९.२१ विन्दुसम्म पुगेको छ । चुनाव हुने भएसँगै अब बजारमा पैसा आउने र त्यसले बैंकिङ प्रणालीमा तरलता सहज बनाउने लगानीकर्ताको आशा । तरलता सहज भए बैंकको ब्याज समेत घट्दा सेयर लगानीकर्तालाई समेत प्रत्यक्ष फाइदा पुग्ने छ ।