दुख गरेर पढाएका छोरीले लोकसेवा पास गरेपछि मधेशका पारस यसरी भए फुरुङ्ग

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

पुरुष प्रधान समाजमा छोरीलाई उति महत्व दिईदैन। अझ मधेशमा त छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता अझै ब्याप्त छ। हो त्यहि मधेश प्रदेशको बारा जिल्लाका एकै परिवारका दिदी र बहीनी एकैपटक लोक सेवामा नाम निकालेर दुनियालाई देखाईदिएका छन्।

महागढीमाई नगरपालिका वडा नम्बर ६ का पारसनाथ बरैका जेठी छोरी लालमुनी चौरसिया र कान्छी छोरी कौशिला कुमारी चौरसियाले एकैपटक लोकसेवामा नाम निकालेर छोरीले पनि गर्न सक्छन भन्ने उदाहरण पेश गरेका छन् । स्वास्थ्य सेवामा दुइ छोरीले नाम निकाले पछि बाबु आमा हर्षले गदगद छन्।

बरैकी दुवै छोरीले गण्डकी प्रदेश लोकसेवा आयोग पोखराबाट अनमी र अहेवमा नाम निकालेका हुन्। जेठी अनमी हुन् भने कान्छे अहेव हुन्। मधेश प्रदेशमा बेटी पढाउ अभियान संचालन हुँदै गर्दा अघिल्लो पुस्ताले छोरी पढाएर सफल बनाएका छन्।