ओलीको माग बमोजिम देउवा सरकारले बैशाख ३० गते स्थानीय चुनाव गर्ने गर्यो निर्णय

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो। यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सिफारिस गरेको थियो। एमालेले माग गरे बमोजिम देउवा सरकारले बैशाखमै चुनाव गर्ने घोषणा गरेको हो।