पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई देउवाले नियुक्त गरे

  • प्रकाशित मिति : २०७८ माघ २४, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार उनलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् । उनी कांग्रेस महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महामन्त्रीमा पराजित भएपछि उनलाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।