नयाँ शाखा अधिकृतले पर्सी मंगलबार सम्ममा कार्यालय रोजिसक्नु पर्ने यस्तो जारी भयो सुचना

  • प्रकाशित मिति : २०७८ माघ २३, आईतवार
  • chhanbin.com

नवनियुक्त शाखा अधिकृतहरूलाई स्वयं कार्यालय रोज्न आह्वान गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै केही दिन अघि मात्रै उत्तीर्ण भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका चार सय ८५ जना अधिकृतहरूलाई अनलाइनमा कार्यालय रोज्न भनेको हो ।

अधिकृतहरूलाई पदस्थापनका लागि रिक्त रहेका निकायहरू स्वयं छनौट गर्ने गरी अनलाइन प्रणालीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस।